कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मालाई जिम्मेवारी
काठमाण्डु – कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लीलाप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ । गृहमन्त्री रमेश लेखकको निर्णयबाट बिहीबार शर्मालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि विभागको महानिर्देशक पद रिक्त थियो ।
