रास्वपाको आरोप : प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राखेको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता मनिष झाले संसद्मा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलनबाहेक केही पनि नभएको बताए ।
