विद्युतीय मेसिन जोडेर यस्तो बनाइयो रास्वपा महाधिवेशनको मतदानस्थल (फोटोफिचर)
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको निर्वाचनमा ८० वटा विद्युतीय मतदान उपकरण प्रयोग गरिने भएको छ। लामलक्ष्मण इनोभेसनका राम रिमालका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएपछि ती उपकरणमा उनीहरूको नाम र तस्बिर समावेश गरी मतदान प्रक्रिया सञ्चालन गरिनेछ। निर्वाचनमा ४०० भन्दा बढी उम्मेदवार रहेका छन्।
