SHARE
Kalo Pati · बुधबार १० असार २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गरेका छन् । चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।