कहिलेसम्म कायम शेयरधनीले पाउँछन् नारायणी डेभलपमेन्ट बैंकको हकप्रद ?
नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि भदौ ९ गते बुक क्लोज मिति तय गरेको हो। यस संगै भदौ ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डले साउन १५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
