नेप्सेले भन्यो ‘NEPSE AI हाम्रो उत्पादन होइन, प्रयोग नगर्नु’
नेपाल स्टक एक्सचेन्ज नेप्सेले “NEPSE AI” नामक एप आफुले उत्पादन नगरेको स्पष्ट पारेको छ । नेप्सेले “NEPSE AI” नामक कुनै एप वा सेवा नेपाल स्टक एक्सचेन्जको आधिकारिक उत्पादन वा सेवा नभएको जनाएको हो। साथै हालसम्म कुनै पनि मोबाइल एप मार्फत प्रत्यक्ष शेयर कारोबारको सुविधा प्रदान नगरेको पनि नेप्सेले जनाएको छ।
