विभागका महानिर्देशकसँग इप्पानको भेटवार्ता, हाइड्रोलाई जथाभावी जरिवाना नलगाउन आग्रह
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीबछ मण्डलसँग भेटवार्ता गरेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डलले नव नियुक्त महानिर्देशक मण्डललाई भेटेर बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
