जग्गा घोटाला प्रकरणमा माओवादी नेता पुरी भ्रष्टाचारी ठहर
काठमाण्डु – झापाको दमकमा सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी भनिने रेवतीराज पुरीसहित कर्मचारीहरूलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार २ वटा छुट्टाछुट्टै मुद्दामा पुरीलाई भ्रष्टाचारी ठहर गर्दै कैद तथा जरिवाना गरेको छ ।
