रास्वपा महाधिवेशन : आज बन्द सत्र र निर्वाचन कार्यक्रम सुरु हुने (तालिकासहित)
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार दोस्रो दिन बन्द सत्र हुँदैछन्। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ। पार्टी सभापतिले दोस्रो सत्रको प्रारम्भ गर्ने कार्यक्रम छ।
