दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड मिति तय
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ भोलि बिहीबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले बिहीबार बिहान ९:४५ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।
