ऊर्जामन्त्री र एमसिसीका सहायक उपाध्यक्ष विङ्गलबीच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गरेका छन्। आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गरे । उनले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गरे ।
