‘सेयर कारोबारमा सुधार भएको छ, पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वित्त तथा मौद्रिक नीति जारी भएसँगै लामो समयदेखि सङ्कटमा रहेको घरजग्गा तथा सेयर कारोबारमा सुधार भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले बैंक तथा वित्तीय संस्थासँग पर्याप्त तरलता रहेको र लगानीको लागि ब्याजदर समेत घटेको अवस्था रहेको बताए।
