SHARE
कालिका खबर · शुक्रबार​ २३ साउन २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

सगरमाथा एकेडेमीमा राखी बनाउने प्रतियोगिता सम्पन्न, विद्यार्थीको सिर्जनशीलता झल्कियो

वीरगञ्ज – सगरमाथा एकेडेमी, मुरली–१२, वीरगञ्जमा शुक्रबार राखी बनाउने प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि आयोजित प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई दुई समुहमा विभाजन गरिएको थियो— जुनियर समूह (कक्षा १ देखि ५) र सिनियर समूह (कक्षा ६ देखि १०)। उनीहरूले आफ्ना सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै आकर्षक राखीहरू निर्माण गरेका थिए। कार्यक्रमको अध्यक्षता सगरमाथा स्कूलका सञ्चालक एवं नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ताले गरेका थिए। प्रमुख अतिथिको रूपमा नागरिक दैनिकका सम्पादक एवं वरिष्ठ पत्रकार राजेन्द्र सिंह राजपूतको उपस्थिति थियो।