गुण्डागर्दी र बिचौलियाको गतिविधि नियन्त्रण गर्न प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन
काठमाण्डु– गृहमन्त्री रमेश लेखकले राजधानीमा सुरक्षाको अनुभूति नागरिकले प्रत्यक्ष पाउने गरी प्रहरी संगठनले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने निर्देशन दिएका छन्। शुक्रबार काठमाण्डु उपत्यका प्रहरी कार्यालय र काठमाण्डु प्रहरी परिसरको निरीक्षणपछि मन्त्री लेखकले उपत्यकामा शान्ति–सुव्यवस्था कायम गर्न उपत्यका प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे।
