चीनमा बाढीले बगाउँदा १० जनाको मृत्यु, ३३ जना बेपत्ता
काठमाण्डु– उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीले कम्तीमा १० जनाको ज्यान लिएको छ भने ३३ जना बेपत्ता भएका छन्। सरकारी प्रसारक सीसीटीभीका अनुसार अगस्ट ७ देखि लगातार भारी वर्षा भइरहेको गान्सुमा मंगलबार दिउँसो ३ः३० बजे तिर बाढी र डुबानको स्थिति चर्किएको हो।
