कालिन्चोक दर्शन लिमिटेडको खुद नाफा २ करोड ७८ लाख, अन्य सूचक कस्तो ?
कालिन्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले २ करोड ७८ लाख २ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ५.४२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ६३ लाख थियो ।
