दोस्रो पटक विद्युत विकास विभागको महानिर्देशक बने जिवछ मण्डल
विद्युत विकास विभागको महानिर्देशकमा जिवछ मण्डल नियुक्त भएका छन् । उर्जा मन्त्री दीपक खड्काले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै सहसचिव मण्डललाई विभागको महानिर्देशक बनाएका हुन् । विभागको महानिर्देशक रहेका नविन राज सिंह भने मन्त्रालय तानिएका छन् । मण्डल भने यस अघि नियमित सीइओ नआउँदासम्मको लागि बुढीगण्डकी जलविद्युत कम्पनीको सीइओ थिए ।
