एचआईडीसीएलका डेपुटी सीइओ रहेका रजौरिया बुढीगण्डकीको सीइओ नियुक्त
बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण रजौरिया नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले रजौरियालाई सीइओ नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गरेको हो।
