के फेरि पेट्रोल–डिजेल महँगो हुँदैछ ? भारतदेखि नेपालसम्म चिन्ता
भारत : भारतमा पेट्रोल र डिजेलको मूल्यलाई लिएर फेरि बहस तीव्र बनेको छ । हालै केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री सुरेश गोपीले दिएको अभिव्यक्तिपछि उपभोक्ता माझ यो प्रश्न उठेको छ-के अब फेरि इन्धनको मूल्य बढ्ने हो ?तर सरकारले हालसम्म यसबारे कुनै औपचारिक घोषणा गरेको छैन ।मन्त्रीको भनाइले भने भविष्यमा पेट्रोल–डिजेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको अवस्थामाथि निर्भर रहने संकेत गरेको छ ।
