SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

खुनुवा नाकाबाट साढे ३ लाख भारतीय रुपैयाँसहित दुई जना नियन्त्रणमा

कपिलवस्तु : भारत–नेपाल सीमास्थित खुनुवा नाकाबाट अवैध रूपमा भारतीय रुपैयाँ नेपाल भित्र्याउन खोज्ने दुई जनालाई भारतीय सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ।भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको कार जाँच गर्ने क्रममा ३ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको हो।कारबाट ५ सय दरका ६९५ थान भारतीय नोट फेला परेको भारतीय सुरक्षा टोलीले जनाएको छ।