बिर्तामोडको होटलमा प्रहरी छापा, सञ्चालकसहित तीनजना पक्राउ
झापा : झापाको बिर्तामोडस्थित विभिन्न होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो स्थानीय स्तरमा उठ्दै आएको छ।होटल तथा लजमा गैरकानुनी गतिविधि सञ्चालन हुने गरेको जनगुनासोका बीच प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र पारेको छ। यसै क्रममा गएराति एक युवतीसहित तीनजना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–१ अधुवा खोलाको छेउमा रहेको झरना होटल एन्ड लजबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।