१२ सय रुपैयाँले बढ्यो सुनको भाउ
काठमाण्डु– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको छापावाला सुन आज २ लाख ९३ हजार २०० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार ८४० मा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
