सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई प्रश्न : कांग्रेसले राजीनामा मागेको छ, के गर्नुहुन्छ ?
काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको राजीनामा माग्यो । कांग्रेसले मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरू नैतिकताका आधारमा पदमा बस्न नमिल्ने जिकिर गर्दै राजीनामा मागेको हो । भट्ट नेतृत्वको सरकारले प्रदेशसभाबाट बजेट पास गर्दा गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप कांग्रेसको छ ।
