SHARE
लोक पथ · आइबार​ ३१ जेठ २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

रास्वपा लुम्बिनीमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान गर्न लागिएको हो । दाङको घोराहीस्थित सभागृहमा भएको मतदानमा ८५४ प्रतिनिधिमध्ये ५४२ जनाले मत दिएका थिए ।