कोशीमा लिम्बू र मैथिलीलाई कामकाजको भाषा बनाउने विधेयक अस्वीकृत
विराटनगर – कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने उद्देश्यले दर्ता गरिएको विधेयक बिहीबारको प्रदेशसभा बैठकबाट बहुमतका साथ अस्वीकृत भएको छ । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले पेश गरेको विधेयक ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’लाई विपक्षी दलले अघि सारेका हुन् ।
