SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्ने बताएका छन्।  काठमाडौं महानगरपालिका-८ ले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले केही स्थानमा स्थानीयसँग यसअघि गरिएका प्रतिबद्धता पूरा नगरी बस्ती खाली गर्ने काम भएको भन्दै सरकारका तर्फबाट भएका कमीकमजोरीलाई सच्याउनुपर्ने बताएका हुन्। लोकतन्त्रमा सरकारले आफूले गरेका निर्णयहरू तलमाथि गर्दिन भनेर सोच्न नहुने उनले बताए।