SHARE
काठमाण्डुपाटी · शनिबार ३० जेठ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई ४० हजार घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ । अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको छ । कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी