SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

कर्णालीले रिटेन गर्यो मार्की सोमपालसहित ७ खेलाडी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ जना खेलाडीलाई रिटेन गरेको छ।कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको हो। ७ खेलाडीलाई रिटेन गर्दा कर्णाली याक्सले ५ खिलाडीलाई रिलिज गरेको छ।