जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक तय
काठमाण्डु – सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ । विद्युत् विकास विभागले रोयल्टी बाँडफाँटको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसंख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको छ ।
