SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

वैकल्पिक राजनीतिक शक्ति विचारशून्य र तर्कहीन बन्दैछन् : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय मुलुकमा स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य र तर्कहीन बन्दै गएको बताएका छन् । शनिबार काठमाडौंमा नयाँ शक्तिको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा ‘सेलेब्रिटी’ प्रवृत्ति तथा विध्वंशप्रतिको आकर्षण बढ्दै गएको टिप्पणी गरे ।