नेपाललाई विश्वस्तरीय आरोग्य पर्यटन गन्तव्य बनाइन्छ : मन्त्री पौडेल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । नेपाल पर्यटन बोर्ड र स्पा संघ नेपालको आयोजनामा विश्व आरोग्य दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।
