SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

काभ्रे बस दुर्घटनाको कारण खोज्न ६ सदस्यीय छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन दिने

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा शनिबार समिति गठन गरिएको हो ।