जंगली जनावरको क्षति रोक्न राज्यले नयाँ दृष्टिकोण अपनाउनुपर्छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानहरूले भोग्नुपरेको समस्या समाधानका लागि नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बाँदर, बँदेल र दुम्सी लगायतका जंगली जनावरको आतङ्कका कारण किसानहरू गम्भीर समस्यामा परेको उल्लेख गरेका छन्।
