SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

कुलेश्वरका बाकसभित्र पाक्दै राजधानीको स्वाद [फोटोफिचर]

काठमाडौं । गर्मी मौसम बढेसँगै संघीय राजधानी काठमाडौंको मुख्य फलफूल थोक केन्द्र ‘कुलेश्वर बजार’ क्षेत्रमा मौसमी फलहरूको बजार निकै तातेको छ । विशेष गरी ग्रीष्मकालीन फलहरूको राजा मानिने आँप र रसिलो रातो लिची यतिबेला कुलेश्वरका सडक पेटी, भण्डारण गृह र थोक पसलहरूमा प्रचुर मात्रामा सजाइएको देख्न सकिन्छ ।