सम्झौताको नजिक इरान र अमेरिका, इरानी विदेशमन्त्रीको पोस्ट ट्रम्पले गरे सेयर
काठमाडौं : अमेरिका र इरानबीच हुन लागेको सम्झौतालाई लिएर अन्योल र आशाको स्थिति लगातार कायम छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले आफूहरू सम्झौताको निकै नजिक पुगेको बताएका छन्। यद्यपि, सम्झौतालाई अन्तिम रूप नदिएसम्म यसको भित्री बुँदाहरूबारे अनुमान लगाउनबाट बच्नुपर्ने उनको भनाइ छ।इरानी विदेशमन्त्रीले सामाजिक सञ्जाल ुएक्सु ९ट्विटर० मा लेखेको उक्त पोस्टलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ुट्रुथ सोसल मार्फत सेयर गरेका छन्।
