कालापानी र सुस्ताको सुस्त गति !
नेपालगन्ज : नेपाल–भारतको संयुक्त सीमा कार्य समूह अर्थात् बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) ले दक्षिण सीमा क्षेत्रको दसगजा र सीमा व्यवस्थापनको कार्य सुरु गरेको छ। बीडब्लूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्।पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले ४९ वटा सीमा स्तम्भको मर्मत गरिसकेको छ भने २२ वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि ४६ वटाको मर्मत र १६ वटाको पुनर्निर्माण गरेका छन्।
