SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

अग्रता जोगाउन नसक्दा बोस्निया एन्ड हर्जगोभिनाले क्यानडासँग अंक बाड्यो

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह बीको पहिलो खेलमा अग्रता जोगाउन नसक्दा बोस्निया एन्ड हर्जगोभिनाले घरेलु टोली क्यानडासँग अंक बाँडेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा क्यानडा र बोस्निया हर्जगोभिनाले १–१ बराबरी खेलेका हुन्। खेलको २१ औं मिनेटमा कर्नरमा आएको बललाई जोभो लुकिचले हेडरमार्फत गोल गरे। खेलको पहिलो हाफमा क्यानडाले धेरै बल पोजिसन राखे पनि अवसरको सदुपयोग भने बोस्निया एन्ड हर्जगोभिनाले गर्‍यो। पहिलो हाफमा क्यानडाले बल पोजिसन र मौका धेरै पायो तर सदुपयोग भने गर्न सकेन।