पृथक् फिफा विश्वकप २०२६
२३औं संस्करणको फिफा विश्वकप २०२६ अनेक दृष्टिले पृथक खालको हुँदैछ। प्रत्येक चार वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको यो कुम्भ मेलामा यसपटक देखि ४८ टोली सहभागी हुनेछन्। जुन अघिल्ला सात संस्करणको तुलनामा १६ टोली बढी हो। यसअघि सन् १९९८ विश्वकपमा टोली संख्या ३२ पुर्याइएको थियो। ११ जुनदेखि १९ जुलाई २०२६ सम्म सञ्चालन हुने यो विश्वकपमा जम्मा १०४ खेल हुनेछन्। पछिल्लो संस्करणसम्म ६४ खेल भएको थियो।इतिहासमै तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो फिफा विश्वकप हुनेछ।
