SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

आक्रोशित माइती पक्षले गरे घरमा तोडफोड, मध्यरातमा अवस्था तनावग्रस्त

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका -१२ एक विवाहित महिलाको मृत्यु भएपछि माइती पक्ष र गाउँलेले घरमा तोडफोड गरेका छन् ।  शुक्रबार राती ८ बजेको समयमा आक्रोशित भीडले घरमा पार्क गरेको कारमा आगो लगाएका थिए । एक मोटरसाइकल र स्कुटिमा तोडफोड गरेका थिए । प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । घरका सबै सरसमान निकालेर फालेका थिए ।