SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ १०:०० PM · 1 मिनेट पढाइ

कांग्रेस महामन्त्री पौडेलको दाबी- क्रियाशील सदस्यको संख्या १० लाख नाघ्छ

काठमाडौं : नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरूको अद्यावधिक गर्ने समय सकिएको छ। गत पुससम्म नवीकरण र नयाँ वितरण गरिएका सदस्यहरूको थप विवरण लिएर अद्यावधिक गरिएको थियो।अद्यावधिकको काम वैशाख १ गतेदेखि जेठ २८ गते मध्यरातसम्म चलेको थियो। ७ लाख ८२ हजार २०९ सदस्य अद्यावधिक गर्नका लागि योग्य थिए। यसमध्ये ५ लाख ३८ हजार ६२२ जनाले वडामार्फत क्रियाशील अद्यावधिक गराएर एनसी आइडी प्राप्त गरिसकेका छन्।