SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव

काठमाण्डु – नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव गरेको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत बक्यौता रकम बुझाउनेसम्बन्धी ७ दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो । लिमिटेडले जेठ २५ गते बक्यौता रकम सात दिनभित्र बुझाउन सूचना जारी गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी