एनआईसी एशिया बैंकद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले पर्वत जिल्लाको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरणसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग उपलब्ध गराएको हो । बैंकले स्वास्थ्य चौकीलाई ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको हो ।
