रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न संघीय मामिला मन्त्रालयलाई निर्देशन
काठमाडौं : सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
