नेपालको विदेशबाट ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ : आरेन राई
काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले नेपालले विदेशबाट ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले देशकै राजश्वले देश चल्नका लागि जनताले के गर्नुपर्ने, सांसदले के गर्नुपर्ने अर्थमन्त्री स्वयमले बताउनु पर्ने बताएका छन् ।
