भारतीय एसएसबी सुस्ता प्रवेश गर्नुमा प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार छः एमाले
काठमाण्डु– एमालेले नवलपरासीको सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभा बैठक जारी रहेका बेला आकस्मिक समयमा बाग्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भूमि मिचेको’ अभिव्यक्ति दिएपछि भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्ने क्रम बढेर गएको दाबी गरे ।
