विपक्षी दलले गरे अर्थमन्त्रीमाथि छानविन समितिको माग
काठमाडौं : बिपक्षी दलका सांसदहरुले आर्थिक विधेयकमाथिको संशोधनका बिषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । साथै उनीहरुले सीमाका बिषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने समेत जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले संसदमा दर्ता भइसकेको विधेयकमाथि कुनै पनि प्रकारको चलखेल गर्न नपाइने भन्दै संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् ।
