परराष्ट्रमन्त्री चीन जानेबारे औपचारिक जानकारी, को–कोसँग भेट गर्दैछन् ?
काठमाडौं । मित्रराष्ट्र चीनको भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री शिशिर खनालको भ्रमणबारे औपचारिक जानकारी गराइएको छ । चिनियाँ समकक्षी एवं चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन् ।
