SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

राष्ट्रिय मुद्दामा प्रधानमन्त्री नआउनु जनताको अपमान : सांसद केसी

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रियता जस्तो गम्भिर विषय उठ्दा प्रधानमन्त्री निरन्तर संसदमा अनुपस्थित रहनु संसद र जनताप्रतिको उपेक्षा भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्रीको दायित्व वारेसमार्फत गराइनु संसदप्रतिको घोर अपमान हुने समेत बताए ।