SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ जेठ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

गोदावरीको बाढीले बगाउँदा दुई महिलाको मृत्यु

गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका ४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो। शुक्रबार बिहान च्याउ खोज्न जङ्गल गएका उनीहरु नदीमा बगेका हुन्। उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी