अर्थमन्त्रीले प्रश्न गर्ने सांसदलाई धम्की दिएर संसदीय मर्यादाको अपमान गरेः काँग्रेस
काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेसले आफूमाथि प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धम्की दिएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले अर्थमन्त्रीले प्रश्न गर्नेमाथि धम्की दिनु संसदीय मर्यादाकै अपमान भएको बताए । संसद् धम्की दिने थलो नभई तर्क वितर्क गर्ने थलो भएको उनको भनाइ थियो ।
